पोखरा विमानस्थलमा हेली एयरको हेलिकप्टर दुर्घटना


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २४, २०७६

  • काठमाडौं, २४  वैशाख ।पोखरामा हेलिएअर कम्पनीको अल्ट्रालाइट मंगलबार अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । अल्ट्रालाइट चालक फ्रान्सका ४५ वर्षीय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचन सवार थिए ।

    दुर्घटनाबाट ठूलो क्षति भने नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । ‘यात्रुको हातमा सामान्य चोट लागेको छ । चालकलाई केही पनि भएको छैन,’ उनले भने, ‘तत्काल उद्दार भएकाले मानवीय क्षति हुन पाएन ।’

    दिउँसो १ बजेर ४५ मिनेट जाँदा उडान भरेको अल्ट्रालाइट २ बजेर १५ मिनेटमा विमानस्थलको पूर्वी धावनमार्गबाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको विमानस्थलका सूचना अधिकारी पौडेलले जानकारी दिए ।
    अल्ट्रालाइटका दुई वटै पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । ‘अल्ट्रालाइटको २ वटा पंखामा खराबी भएको आशंका गरिएको छ । दुर्घटनाको कारण यो पनि हुन सक्छ,’ उनले भने ।

    यसअघि पोखरा विमानस्थलबाट ३ ठूला अल्ट्रालाइट भएका थिए । उक्त दुर्घटनाबाट ३ विदेशी र २ नेपालीको ज्यान गइसकेको छ । ती सबै दुर्घटना एभिया क्लबले उडाउँदै आएको अल्ट्रालाइट थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार