पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २५, २०७६

  • काठमाडौं, चैत २४ । पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी ट्याक्टरका चालक याङवरक–३, ओयामका २१ वर्षीय सन्तोष मगर र सह–चालक फिदिम–९, लुम्फाबुङका २० वर्षीय धीरेन राई घाइते भएका छन् ।

    कुम्मायक–२, माङजाबुङस्थित सुब्बाटोलबाट सल्लाको काठ लिई चौथी बजारतर्फ जाने क्रममा अनियन्त्रित भई लु १ त ६२४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार