म्यान्चेस्टर युनाइटेडका पूर्वप्रशिक्षक मोरिन्हो भन्छन् : लिभरपुलविरुद्ध बार्सिलोनाको प्रदर्शन यू-१४ टिम जस्तो


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २५, २०७६

  • काठमाडौं, २५  वैशाख । म्यान्चेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोसे मोरिन्होले लिभपुलविरुद्ध बार्सिलोनाको प्रदर्शनलाई यू-१४ टोलीसँग तुलना गरेका छन् । लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनल खेलको दोस्रो लेगमा बार्सिलोनालाई ४-० गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा ३-० गोलको अग्रता बनाएको बार्सिलोनाले समग्रमा ४-० हार व्यहोर्नू परेको थियो ।

    “बार्सिलोनामा विश्वस्तरीय खेलाडीहरु छन् । यदी उनीहरुले वास्तविक खेल प्रस्तुत गरेमा हरेक सिजन च्याम्पियन्स लिगको फाइनलमा देख्न गाह्रो छैन् । लिभरपुलविरुद्ध पनि बार्सिलोनाको वास्तविक खेल देखिएन । खेल यू-१४ टोलीको जस्तो थियो ।”

    ‘विन स्पोर्टस’सँगको कुराकानीमा मोरिन्होले भने । उनले भने, “पहिलो हाफमा बार्सिलोनाले राम्रो खेल प्रस्तुत गरेको थियो । दोस्रो हाफमा अर्को गोल खाएपछि बार्सिलोनाको वास्तविक खेल देखिएन् ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार