अष्ट्रेलियन टिमबाट बाहिरिए रिचर्डसन


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २५, २०७६

  • काठमाडौं, २५  वैशाख । विश्वकप सुरू हुन २१ दिनअघिसम्म पनि चोटमुक्त नभएपछि अष्ट्रेलियाले विश्वकप टोलीबाट झेय रिर्चडसनलाई हटाएको छ । तीव्र गतिका बलर रिर्चडसनको स्थानमा अब केन रिर्चडसन खेल्ने छन् ।

    झेय रिर्चडसन युनाइटेड अरब इमिरेट्स ‘युएई’ मा पाकिस्तानविरुद्धको पाँच एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका दौरान घाइते भएका थिए । तर निको हुने अपेक्षासहित उनको नाम १५ सदस्यीय विश्वकप टोलीमा समावेश गरिएको थियो ।

    मेडिकल स्टार्फले झेय पूर्णरुपमा निको नभएको बताएपछि केन रिर्चडसनलाई टोलीमा समावेश गरिएको क्रिकेट अष्ट्रेलियाले जानकारी दिएको छ । २२ वर्षीय रिर्चडसनले १२ एकदिवसीय क्रिकेटमा २४ विकेट लिएका छन् । उनको स्थानमा आएका केनपनि २२ वर्षकै खेलाडी हुन् ।

    विग बासमा गरेको उत्कृष्ट प्रदर्शनपछि उनी अष्ट्रेलियन टोलीमा अटाएका हुन् । उनले पाकिस्तान र भारतविरुद्ध विभिन्न खेलमा ८ विकेट लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार