क्रिष्टियानो रोनाल्डो पोर्चुगल नेसन्स लिग खेल्ने पक्का


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख २६, २०७६

  • काठमाडौं, २६  वैशाख । पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले क्रिष्टियानो रोनाल्डोले नेसन्स लिग खेल्ने बताएका छन् ।
    पोर्चुगलले आयोजना गर्ने सेमिफाइनल र फाइनल खेलमा रोनाल्डो उपलब्ध हुने प्रशिक्षक सान्तोसले बताएका हुन् । पोर्चुगलको एक टिभी कार्यक्रममा प्रशिक्षक सान्तोसले टिममा क्रिष्टियानो रोनाल्डो समावेश हुने जानकारी दिएका हुन् ।
    पोर्चुगलले यही जुन ६ तारिखमा स्वीटजरल्यान्डविरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, अर्को सेमिफाइनलमा भने इंग्ल्यान्ड र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछन् ।
    पोर्चुगल र स्वीट्जरल्यान्डको विजेताले फाइनलमा उपाधिका लागि नेदरल्यान्ड्स र इंग्ल्यान्डबीचको विजेता टिमसँग जुन ९ तारिखमा प्रतिस्पर्धा गर्नेछ ।
    ३४ वर्षीय युभेन्टसका फरवार्ड रोनाल्डोले विश्वकपपछि देशका लागि ६ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् । नेसन्स लिगका लागि पोर्चुगलले यही मे २३ तारिखमा टिमको घोषणा गर्दैछन् ।
    प्रशिक्षक सान्तोसले भनेका छन्, ‘मे २३ तारिखमा टिमको घोषणा गर्दा म रोनाल्डोलाई टिममा समावेश गर्नेछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार