काठमाडौं, २७ वैशाख । बार्सिलोनाका स्ट्राइकर लुईस स्वारेजले कोपा डेल रेको फाइनल खेल गुमाउने भएका छन् । बार्सिलोनाले यहि २५ तारिखमा भ्यालेन्सियासँग कोपा डेल रेको फाइनल खेल खेल्दैछ ।
स्वारेज दाहिने खुट्टाको घुँडामा चोट लागेको कारण ४ देखि ६ साता मैदान बाहिर रहने भएका हुन् । स्वारेज अहिले उपचारका लागि अस्पतालमा छन् । स्वारेजले ला लिगाका दुई खेल पनि गुमाउने भएका छन् । लियोनल मेस्सी पछि स्वारेज बार्सिलोनाका लागि मुख्य खेलाडीको रुपमा छन् ।