आइपिएल : विजेतालाई २० करोड,पुरस्कारमा बाँडिदै ३४ करोड


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, बैशाख २९, २०७६

  • काठमाडौं, २९ वैशाख ।  आइतवार हैदराबादको राजिव गान्धी स्टेडियममा चेन्‍नई सुपरकिङ्स र मुम्बई इन्डियन्सबीच इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल भिडन्त हुँदैछ। आजको फाइनल भिडन्तमा जसले जित्छ उसले पाउने २० करोड भारतीय रुपैयाँ।

    हार्ने टिमको पोल्टामा जानेछ साढे १२ करोड भारु। अघिल्लो वर्ष चेन्‍नईले सनराइजर्स हैदराबादलाई हराएर विजेता बनेको थियो।  विजेता-उपविजेतापछि सबैभन्दा धेरै रकम ग्राउन्ड्सँग सम्बन्धित दुई अवार्डमा दिइनेछ। जुन ग्राउन्डमा सात या त्यो भन्दा धेरै खेल भएको छ उसले ५० लाख रुपैयाँ या त्यो भन्दा बढी पाउनेछ । ५ भन्दा कम म्याच भएको मैदानलाई २५ लाख रुपैयाँ दिइनेछ।

    वार्नरलाई तेस्रो पटक ओरेन्ज क्याप 

    प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने र विकेट लिने क्रिकेटरमा सबैको नजर अडिएको हुन्छ। यस पटक लगातार तेस्रो पटक विदेशी ब्याट्सम्यानलाई ओरेन्ज क्याप दिइनेछ। डेभिड वार्नरले यो सिजनको १२ खेलमा ६९२ रन बनाएका छन्।  त्यसपछि पञ्जावका लोकेश राहुलले ५९३ रन बनाएका छन् ।

    तर राहुलको टिम प्लेअफमा पुग्न चुक्यो। यस्तोमा वार्नरको स्कोरलाई कसैले भेट्न सक्ने छैनन् । फाइनलमा खेल्ने खेलाडीमा सबैभन्दा धेरै रन महेन्द्र सिंह धोनीको नाममा छ। उनले १४ खेलमा ४१४ रन बनाएका छन् । उनी वार्नर भन्दा २७८ रनले पछि छन्।

    रबाडा-ताहिरबीच पर्पल क्यापमा टक्कर

    दिल्ली क्यापिटल्सका तीब्र गतिका बलर कगिसो रबाडाले यो सिजन सबैभन्दा विकेट लिएका छन्। उनको नाममा १२ खेलमा २५ विकेट छ। रबाडाको टिम क्वालिफायर-२ मा बाहिरिएको छ। चेन्‍नई सुपरकिङ्ग्सका इमरान ताहिरले १६ खेलमा २४ विकेट लिएका छन् । उनको इकोनमी रेट पनि रबाडा भन्दा राम्रो छ। यस्तोमा उनले एक विकेट फाइनलमा लिए भने पर्पल क्याप र १० लाख रुपैयाँ मिल्नेछ।

     

    सबैभन्दा धेरै पुरस्कार च्याम्पियन्स लिगमा

    च्याम्पियन्स लिग फुटबलको तुलनामा आईपीएल विजेतालाई १२० करोड रुपैयाँ कम नगद मिल्नेछ। च्याम्पियन्स लिग विश्वकै लोकप्रिय र ठुलो फुटबल लिग हो। यसको विजेताले १५ करोड रुपैयाँ नगद पाउँछ। अमेरिकामा हुने बास्केटबल प्रतियोगिता एनबीएका विजेतलाई १३९ करोड रुपैयाँ दिइन्छ। यी दुवैको तुलनामा आईपीएल विजेतलाई धेरै कम रकम मिल्छ।

    आईपीएल नगद पुरस्कार 

    आईपीएलको पहिलो सिजनका विजेतालाई ४.८ करोड रुपैयाँ दिइएको थियो। सन् २००८ मा आईपीएलको पहिलो सिजनको खेल भएको थियो। त्यो बेला विजेता टिमलाई ४.८ करोड नगद पुरस्कार दिइएको थियो।   सन् २०१५ मा विजेता टोलीलाई १५ करोड भारु दिइएको थियो। गत साल च्याम्पियन बनेको टिमले २० करोड रुपैयाँ पाएको थियो । चेन्‍नई र मुम्बईको टिमले तीन-तीन पटक उपाधि जितिसकेका छन्।

    एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार