च्याउ खानुको फाइदाहरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ ३, २०७६

  • काठमाडौं, जेठ ३ । तरकारीको कुरा गर्ने हो भने च्याउ लोकप्रिय तरकारी हो । प्रायः यो सबैलाई मन पर्छ । यसमा अरू तरकारीको तुलनामा यसमा अलि बढी नै पोषक तत्त्व पाइन्छ ।

    यसमा ‘लाइसिन’ नामक ‘अमीनो अम्ल’ अधिक मात्रामा हुन्छ । यो अमिनो अम्लले मान्छेको सन्तुलित भोजनको लागि आवश्यक हुन्छ । च्याउमा भएको ‘एन्टी अक्सीडेट’ ले हामीलाई ‘फ्रि रेडिकल्स’ बाट बचाउँछ ।

    यो एक प्राकृतिक एन्टिबायोटिक हो, जुन माइक्रोवियल र अन्य फंगल संक्रमणबाट जोगाउँछ ।

    फाइदाहरु:

    १. यसले ब्लड प्रेसर जस्तो समस्यालाई नियन्त्रण गर्न मदत गर्छ । जो यो समस्याबाट पीडित छन् उनीहरूका लागि च्याउ अति प्रभावकारी हुन्छ ।

    २.यसमा कार्बोहाइडे«टको मात्रा पर्याप्त हुने हुनाले यसले कब्जियत, अपच, अति अम्लियता जस्ता पेटसँग सम्बन्धित विकारलाई हटाउन मदत गर्छ । यसका साथै यसले कोलेस्ट्रोललाई कम गर्छ ।

    ३. यसले शरीरमा इन्सुलिनको निर्माण गर्छ । च्याउले डायबिटिजका रोगीलाई चाहिने सबै कुरा पाइन्छ । यसमा भिटामिन, मिनरल र फाइबर पाइन्छ । त्यसैगरी यसमा चिल्लो, कार्बोहाइड्रेट र सुगर हुँदैन, जुन डायबिटिजका रोगीका हानीकारक हुन्छ ।

    ४. यसमा लीन प्रोटिन पाइन्छ जसले तौल घटाउनमा मदत गर्छ ।

    ५. च्याउमा सोडियम साल्ट हुँदैन यसले गर्दा मोटोपन लगायत हृदयघातका बिरामीहरूका लागि महत्वपूर्ण आहार हो ।

    ६. यसले रगतमा होमोग्लोबिनलाई सन्तुलित बनाइराख्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार