जेलभित्र भिडन्त हुँदा ३२ जनाको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ६, २०७६

  • काठमाडौं, जेठ ६  । ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।

    जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

    ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।  तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार