पारामा गोली चल्यो, ११ जनाको मृत्यु


  • Frontline Nepal

काठमाडौं, जेठ ६  ।आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् ।

ब्राजिलको उत्तरी प्रान्त पारामा स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष छन् ।

प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउने अरुहरु भने फरार छन् ।

घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको छ । गोली चलाउनुको कारण भने अझै खुलेको छैन । प्रहरीले उक्त घटनाको छानबिन थालेको जनाएको छ ।एएनआई

प्रतिक्रिया
सम्बन्धित समाचार