पीएसजीका युवा स्टार एमबाप्पेलाई दुई अवार्ड


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ६, २०७६

  • काठमाडौं, जेठ ६  । पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार केलियन एमबाप्पेले एकसाथ दुई अवार्ड जितेका छन् । लिग वानमा वर्षको उत्कृष्ट खेलाडी र उत्कृष्ट युवा खेलाडी गरी दुई अवार्ड उनले जितेका हुन् ।  फ्रान्सका २० वर्षिय एमबाप्पेले लिग वानको यो सिजनमा ३२ गोल गरेका छन् । जारी सिजनमा २८ खेल खेलेका एमबाप्पेले ६ गोलका लागि पास उपलब्ध गराएका छन् ।

    उनी सर्वाधिक गोल गर्ने खेलाडीको शिर्ष स्थानमा समेत छन् ।
    एकसाथ अवार्डपछि एमबाप्पेले आफ्ना लागि यो क्षण निकै महत्वपूर्ण रहेको बताएका छन् । ‘‘मलाई लाग्छ मेरा लागि यो निकै महत्वपूर्ण पल हो । यो भविष्यका लागि उर्जा र टर्निङ हो ।

    म निकै खुसी छु,” एमबाप्पेले भनेका छन् ।  उक्त अवार्ड कार्यक्रममा विमान दुर्घटनामा ज्यान गुमाएका सालालाई विशेष सम्मान गरिएको थियो । उनी नयाँ क्लब कार्डिफ जाने क्रममा विमान दुर्घटनामा परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार