आफूखुसी भागेर बिहे गर्छन् बालबालिका !


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ६, २०७६

  • काठमाडौं, जेठ ६  । बाँकेको बैजनाथ गाउँपालिकामा बालबालिकाले आफूखुसी भागेर बिहे गर्ने प्रवृत्ति बढेको छ। अभिभावक सचेत भए पनि २० वर्ष नपुग्दै बालबालिका भागेर जाने गरेको बैजनाथ-६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतले बताए।

    ‘आर्थिक रुपमा विपन्न परिवारका र पढाइमा कमजोर भएका विद्यार्थी उमेर नपुगेर भाग्ने गरेका छन्’ उनले भने। स्कूले विद्यार्थी नै बालविवाह हुन थालेपछि वडा कार्यालयले, वडा बाल क्लब सञ्जाल र मानव अधिकार तथा बाल विकास मञ्च (मास) संगको सहकार्यमा बालविवाह न्यूनिकरणका लागि विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

    ‘नगरौं बिहेका कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने मूल नाराका साथ वडाका ४ सामुदायिक र २ संस्थागत विद्यालयका ८, ९ र १० कक्षाका विद्यार्थीलाई बालविवाहविरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मासकी कार्यक्रम संयोजक दिपिका रोकायले जानकारी दिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार