सावित्राको गोलमा सेतुको अग्रता दोब्बर


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ६, २०७६

  • काठमाडौं, जेठ ६ । पहिलो हाफ सकिन ४ मिनेट बाँकी रहँदा नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेपछि सेतुले भारतीय महिला लिगमा सेन्ट्रल एसएसबी वुमन्सविरुद्ध अग्रता दोब्बर बनाएको छ । फाइनल प्रवेशका लागि जारी खेलको पहिलो हाफ सकिँदा सेतु एसएसबीविरुद्ध २–० ले अगाडि छ ।

    लुधियानास्थित गुरु नानक स्टेडियममा सेतुका लागि ग्रेसले १३ औं मिनेटमा पहिलो गोल गर्दा सावित्राले ४१ औं मिनेटमा दोस्रो गोल गरेकी हुन् । योसँगै भारतीय महिला लिगमा सावित्राको गोलसङ्ख्या १० पुगेको छ ।
    समूहको शिर्ष स्थानमा रहँदै सेतु सेमिफाइनल पुगेको हो । एसएसबी समूह उपविजेता टोली हो । समूह चरणका पाँच खेलसम्म पराजय भोग्न नपरेको सेतु उपाधि नजिक पुग्न चाहन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार