नेहा कर्करको काठमाडौंमा लाइभ शो हुने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ६, २०७६

  • काठमाडौं, जेठ ६ ।  भारतकी चर्चित बलिउड गायिका नेहा कर्करले काठमाडौंमा लाइभ प्रस्ुतत िगर्ने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा काठमाडौंको लर्ड अफ दि डिङ्क्स (एलओडी)मा जेठ २५ गते हुने विशेष शोमा उनले प्रस्तुती दिने भएकी हुन् । नेहा कर्करसँग उनका ब्याण्ड मेम्बर र यस सिजनका इन्डियन आइडलका टप टेन प्रतिस्पर्धीसमेत नेपाल आउन लागेको आयोजकले जनाएको छ ।

    पर्यटन बर्ष २०२० लाई लक्षित गरेर नेहा र इन्डियन आइडलका टप टेनलाई नेपाल ल्याउन लागेको पारामाउण्ट इन्टरटेन्मेन्टका संचालक जनार्जन ढुंगेलले बताए । ‘युवामाझ निकै लोकप्रिय रहेकी नेहाको नेपाल आगामनले भारतमा नेपालको विषयमा उल्लेखिय प्रचार हुने विश्वास छ,’ जनार्जनले भने । नेपाल पर्यटन बोर्डले समेत सो लाइभ सोका लागि सहयोग गर्ने बताएको जनार्जनले बताए ।

    नेहाले ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी)मा प्रस्तुती दिन आपूm नेपाल आउन लागेको भन्दै युटुवमार्फत जानकारी समेत गराएकी छन् । उनको नेपाल आगामनलाई तयारी गरिरहेको अर्का संचालक दिपक घिमिरे बताउँछन् । २५ सय दर्शक क्षमता रहेको एलओडी अत्याधुनिक प्रविधियुक्त रहेको एलओडीका सदस्य समेत रहेका ढुंगेलले भने ।

    पछिल्लो समय नेहाको आँख मारे, काला चस्मा, लन्डन ठुमकरा, दिलबरलगायतका गीतहरु नेपालमा पनि उत्तिकै लोकप्रिय भएका छन् । इन्डियन आइडल सिजन–२ मा प्रतिस्पर्धा गरेकी नेहाले इन्डियन आइडलको १० औं संस्करणमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । उनले जि टिभिको सारेगमपा लिटिल च्याम्पसमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी छन् । २००८ मा उनले नेहा दि रक स्टार नामक पहिलो एल्बम निकालेकि थिइन् । दर्जनौ हिट गित गायकी नेहाले काठमाडौंमा दर्जन बढि गित गाउने संचालक जनार्जन ढुंगेलले बताए ।

    आयोजकले यस अघि पनि भारतका चर्चित गायक ल्याएको बताएको छ । ‘कुमार सानुको कार्यक्रम काठमाडौं र बुटबलमा गराएको अनुभवले पनि नेहाको कार्यक्रम उत्कृष्ट बनाउने तयारीमा छौं ।’ जनार्जनले भने, ‘नेपाल र भारतका कालाकारको प्रस्तुती आदान प्रदान गर्ने कार्यक्रम बृद्धि गर्ने हाम्रो योजना छ । भारतमा पनि नेपाली कलाकार लैजाने र भिजिट नेपालका लागि प्रचार प्रसार गर्न सकिन्छ कि भनेर हामी योजना बनाइरहेका छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार