अष्ट्रेलियाका स्टार खेलाडी काहिल भन्छन् ‘बालोन डि’अर मेसीलाई होइन रोनाल्डोलाई दिनु पर्छ’


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ ९, २०७६

  • काठमाडौं, जेठ ९ । सिजनमा उत्कृष्ट प्रदर्शन गरेका स्पेनिस महारथी क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेसीले फेरि बालोन डे’अर को उपाधि जित्ने विश्वास गरिएको छ। तर अस्ट्रेलियाका अन्तर्राष्ट्रिय खेलाडी टिम काहिलले मेसीको सट्टा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अवार्ड दिनु पर्ने धारणा राखेका छन्।  यसपटकको अवार्डमा पनि मेसी र रोनाल्डोबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। दुवै अहिलेसम्म ५–५ पटक अवार्ड जितिसकेका छन्।

    मेसीले सिजनको ला लिगमा बार्सिलोनालाई च्याम्पियन बनाउने क्रममा ३६ गोल गरेका थिए। यस्तै उनले च्याम्पियन्स लिगमा १२ गोल गरेका थिए।  रोनाल्डोले इटालियन सिरि एमा २१ गोल गरेका थिए। तर पनि रोनाल्डोले क्लब परिवर्तन गरेर ठूलो जोखिम मोल्दै उत्कृष्ट खेलेकाले अवार्ड दिनु पर्ने काहिलको तर्क छ।

    ‘मानिसहरु मेरो कुरामा सहमत हुँदैनन् भन्ने थाहा छ,’  उनले अल्कास स्पोर्ट्सलाई भनेका छन्,’उनले रियल म्याड्रिड छोडेर पनि अर्को लिगमा ठूलो प्रभाव पारेका छन्। म्यानचेस्टर युनाइटेड र रियल छाडेर गएका खेलाडीले यस्तो प्रभावशाली खेलेको मैले देखेको छैन। हो उनले यसपटक च्याम्पियन्स लिग जिताएका छैनन्। तर पनि उनले यो उमेर पनि उतिकै प्रभावशाली खेलिरहेका छन्।’

    यसअघि पिएसजीका स्टार खेलाडी केलियन एमबाप्पेले भने मेसीलाई बालोन डि’अवार्ड दिनु पर्ने बताएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार