भोली चितवनमा ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना हुने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १०, २०७६

  • काठमाडौं, चैत १० । भोली शनिबार चितवनको नारायणगढस्थित युनिक्याम्पसमा ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना हुदैछ । स्टुडेन्टको भेला, एकेडिमिक मेला नारा दिएर आयोजना हुन लागेको यो मेला प्लस टु पास गरेर विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुप्रति लक्षित गरिएको छ ।

    शहिदचोकस्थित युनिक्याम्पसकै प्राङ्गणमा आयोजना हुन लागेको एकेडिमिक मेलामा तालिम प्राप्त सर्टिफाइड अनुभवि इन्सट्रक्टरहरुले विद्यार्थीलाई परामर्श दिनेछन् । युनिक्याम्पसका निर्देशक घनश्याम घिमिरेका अनुसार पिटिइ, आइइएलटिएस, स्याट, जिआरइ, टोफल र विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि यो मेला उपयोगी हुनेछ ।

    विदेश जानुपूर्ब गर्नुपर्ने तयारीबारे आबश्यक जानकारी प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना हुन लागेको हो । बिहान १० बजे सूरु हुने मेला साझ ५ बजेसम्म चल्नेछ । ‘यस मेलामा सहभागी हुने सबै विद्यार्थीहरुलाई अस्ट्रेलिया प्रोसेसिङ निःशुल्क गरिने र एकेडिमिक तयारी कक्षा शत प्रतिशतसम्म छुट हुने छ ।’ युनिक्याम्पसका निर्देशक घिमिरेले बताए । युनिक्याम्पस १८ वर्ष पुरानो संस्था हो ।

    यो मेलामा पिटिइ, आइइएलटिएस, स्याट, जिआरइ, टोफल र विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुलाई परामर्श तथा सुचना दिइने युनिक्याम्पसका निर्देशक घनश्याम घिमिरेले बताए । ‘उच्च शिक्षा अध्ययनका लागी सहि निर्णय लिन र कोर्षमा राम्रो नम्बर ल्याउन यो मेलाले सहयोग पुर्याउ“नेछ ।’ युनिक्याम्पसलाई क्यानडा, अमेरिका, अस्ट्रेलिया, र वेलायतले सबैभन्दा बढि विश्वासिलो कन्सल्ट्यान्सी भनेर सर्टिफिकेट प्रदान गरेका छन्  । नयाबानेश्वर, हेटौंडा, चितवन, बुटवल, पोखरामा यसका ब्रान्च कार्यालयहरु छन् । नेपाल बाहिर थाइल्याण्ड, वेलायत र अस्ट्रेलियामा शाखा कार्यालय खोलेर युनिक्याम्पसले विद्यार्थीहरुलाई सेवा दिइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार