
काठमाडौं, चैत १० । प्रभु बैंकले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा नयाँ शाखा खोलेको छ।
शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले शाखाको उुद्घाटन गरे। शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा सर्वसाधारणलाई सरल सहज बैंकिङ्ग सेवा उपभोग गर्न पाएको मेयर अधिकारीले बताए।
नयाँ शाखाले यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको भनाइ छ।