![](https://frontlinenepal.com/wp-content/uploads/2019/05/lg-942fdf28-43cf-47e8-adb2-9e3c8a18ad65.jpg)
काठमाडौं, चैत १० । ब्राजिलका पूर्वमिडफिल्डर जुलियो बाप्टिस्टाले फुटबल करीअरबाट बिदा लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत बाप्टिस्टाले सबैखाले फुटबल प्रतियोगितामा आफू सहभागी नहुने घोषणा गरेका हुन् ।
३७ वर्षीय बाप्टिस्टाले इङ्लीस क्लब आर्सनल र स्पेनिस क्लब रियाल मड्रिडबाट खेलेका थिए । २००१ मा बाज्रिलको राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ४७ खेलमा पाँच गोल गरेका छन् । केही समय आराम गर्ने र नयाँ जिवन बिताउन चाहेको उनले बताएका छन् ।
बिबिसी ।