च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई थोरै टिकट दिएपछि सिईओ पिटर मुरेको आपत्ति


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १०, २०७६

  • काठमाडौं, चैत १० । च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले पाएको टिकटप्रति क्लबका सिईओ पिटर मुरेले आपत्ति जनाएका छन् । जुन १ मा स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटानोमा हुन लागेको फाइनलमा लिभरपुलले जम्मा १६ हजार ६१३ टिकटमात्रै पाएको छ ।

    तर, वान्डाको दर्शक क्षमता भने ६७ हजार ८२९ जना रहेकोले आफूहरुले किन थोरै टिकट पाएको भन्ने बारेमा मुरेले युईएफएका अध्यक्ष एलेक्सेन्डर सेफारीसँग कुरा गर्ने बताएका छन् ।

    थोरै टिकट पाएकोबारेमा लिभरपुल फ्यानहरु पनि असन्तुष्ट रहेका छन् । यसबारेमा फ्यानहरु क्लबसँग असन्तुष्ट रहेकोले मुरे युईएफए समक्ष पुग्न लागेका हुन् ।

    यसबारेमा उनले भने ‘हामीलाई दिइएको टिकटको बारेमा हामीलाई चित्त बुझेको छैन । हामी युईएफएसँग दैनिक कुरा गरिरहेका छौं । हामीले कुरा गर्न थालेको पनि ४० वर्ष भइसकेको छ । युईएफएले हाम्रो शहरलाई बुझ्नुपर्ने हो । म टिकटको बारेमा आगमी हप्ता सेफारीसँग कुरा गर्नेछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार