स्पेनमा गाडिको ठक्करबाट एक नेपालीको ज्यान गयो


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ १२, २०७६

  • काठमाडौं, चैत १२ । शनिबार राती स्पेनमा एक नेपालीको मृत्यु भएको छ । फोहोर बोक्ने गाडीले गए राती १२ बजे ठक्कर दिएर स्याङ्जाका पुजन कोईरालाको ज्यान गएको हो । पाँच महिनाअघि कामको खोजिमा कोईराला स्पेन गएका थिए ।

    एक हप्ताअघि मात्र उनले साईकलमा खाना डेलिभरी गर्ने ग्लोभो कम्पनिमा जागिर सूरु गरेका थिए । स्पेनमा कोईरालाको पेपर नबनि सकेकाले उनले क्षतिपुर्ति पाउने छैनन् । उनको लास नेपाल लैजानका लागि १२ लाख रुपैंयाँ लाग्ने स्पेनमा बसोबास गर्दै आएका एक नेपालिले फ्रन्टलाईन नेपाललाई बताए । ग्लोभो कम्पनिले मृतक कोईरालाले क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै उनको पक्षमा आन्दोलन सुरु गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार