काठमाडौं, चैत १४ । प्रिमियर लिग क्लब चेल्सीका स्टार खेलाडी इडेन हाजार्डले ‘पिएफए फ्यान्स प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । उनले म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ, बर्नाडो सिल्भा र सर्जियो अगुइरो, लिभरपुलका भर्जिल भान डिज्क र साडियो मानेलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् ।
फुटबल राइटर्स एसोसिएसनले प्रदान गर्ने अवार्ड यो सिजन हाजार्डले आफ्नो पक्षमा पार्न सफल भएका हुन् । समर्थकहरुको भोटका आधारमा यो अवार्डको विजेता घोषणा गरिन्छ ।
बेल्जियमका खेलाडी हाजार्ड ३४ प्रतिशत मत पाउँदै शीर्ष स्थानमा रहे । हाजार्डले यो सिजन प्रिमियर लिगमा १६ गोल गरेका छन् भने १५ गोलका लागि पास उपलब्ध गराएका थिए । हाजार्डले यो अवार्ड दोस्रो पटक जितेका हुन् । उनले यसअघि सन् २००५ मा जितेका थिए ।