यि हुन् एक दिवसीय विश्वकप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने ५ बलरहरु…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ १४, २०७६

  • काठमाडौं, चैत १४ । विश्व क्रिकेटको प्रतीक्षित र सबैभन्दा ठुलो प्रतियोगिताको रूपमा रहेको आइसीसी क्रिकेट विश्वकपको १२औँ संस्करण यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा हुँदैछ। विश्वकप शुरु हुन केही दिनमात्र बाँकी रहँदा अहिले क्रिकेट खेलाडीदेखि दर्शक र समर्थकको ध्यान त्यतैतिर पुगेको छ।

    १२औँ संस्करणको विश्वकपमा विश्वका उत्कृष्ट १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यस पटक सिंगल राउन्ड रोविनमा सहभागी सबै टोलीले एकआपसमा खेल्नेछन् र शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्। विश्वकप शुरु हुनु अगाडि यसअघिका विश्वकप र त्यसमा खेलाडीले गरेको प्रदर्शनकोसमेत चर्चा हुने गर्छ।

    यी हुन् विश्वकपमा सर्वाधिक विकेट लिने ५ बलरहरु :

    १. ग्लेन म्याग्रा, अस्ट्रेलिया  (७१ विकेट)

    विश्वकप खेल्ने उत्कृष्ट फास्ट बलर हुन् ग्लेन म्याग्रा। यी अस्ट्रेलिया राइट आर्म बलर म्याग्राले विश्वकपमा सर्वाधिक ७१ विकेट लिएका छन्।

    सन् १९९६ देखि २००७ सम्म चार वटा विश्वकप खेलेका म्याग्राले अस्ट्रेलियालाई तीन पटक विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
    उनले सन् २००७ मा सर्वाधिक २६ विकेट लिएका थिए र अस्ट्रेलिया च्याम्पियन बन्दा उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए।
    म्याग्राले विश्वकपमा कूल ३९ खेल खेले। उनले १८.१९ को औसतमा ७१ विकेट लिएका हुन्। उनको इकोनोमी ३.९६ रहेको छ।

    म्याग्राले दुई पटक एकै खेलमा ५ वा त्यो भन्दा बढी विकेट लिएका थिए। विश्वकपमा उनको सबैभन्दा उत्कृष्ट बलिङमात्र १५ रन खर्चेर ७ विकेट लिएका छन्।

    २. मुथैया मुरलीधरन, श्रीलंका (६८ विकेट)

    टेस्ट  र एक दिवसीय क्रिकेट दुवैमा सर्वाधिक विकेट लिने खेलाडीको रूपमा रहेका मुरलीधरन विश्वकपमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन्।

    म्याग्रा भन्दा एक विश्कप बढी खेलेका मुरलीधरनले १९६६ देखि २०११ सम्म विश्वकप खेल्दै ६८ विकेट लिए। उनले  ४० खेलबाट १९.६३ को औसतमा ६८ विकेट लिएका हुन्।

    सन् १९९६ मा श्रीलंकाले विश्वकप जित्दा मुरलीधरन त्यसको सदस्य थिए। उक्त विश्वकप फाइनलमा मुरलीधरनले अस्ट्रेलियाका सेन वार्नको विकेट लिएका थिए।

    उनले चार पटक ४ वा त्यो भन्दा बढी विकेट लिएका छन्।

    ३. वासिम अक्रम, पाकिस्तान (५५ विकेट)

    विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका पाकिस्तानी वासिम अक्रम स्विङ बलिङमा लागि चिन्ने गर्थे। यस्तै उनलाई उत्कृष्ट लेफ्ट आर्म फास्ट बलरको रूपमा समेत चिनिन्छ।

    सन् १९८७ देखि २००३ सम्म पाँच पटक विश्वकप खेलेका अक्रमले ३८ खेलबाट ५५ विकेट लिएका छन्। उनको औसत २३.८४ थियो।
    उनले विश्वकपमा एक पटक ५ विकेट लिएका थिए।

    ४. चामिन्दा भास, श्रीलंका) (४९ विकेट)

    चामिन्दा भासलाई श्रीलंकन क्रिकेटकै उत्कृष्ट फास्ट बलर मानिने गरिन्छ। लेफ्ट आर्म बलर भासले सन् १९९६ देखि सन् २००७ सम्म ४ वटा विश्वकप खेले। सन् १९९६ को विश्वकप विजेता श्रीलंका टिममा समेत रहेका भासले विश्वकपमा ३१ खेलबाट ४९ विकेट लिएका छन्।

    श्रीलंकाको लागि विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा दोस्रो नम्बरमा रहेका चासले २१.२२ को औसतमा विश्वकपमा विकेट लिएका थिए।

    उनले विश्वकपमा एक पटक ६ र एकपटक ५ विकेट लिएका थिए। भासको उत्कृष्ट बलिङ २५ रन खर्चेर ६ विकेट लिनु हो।

    ५. जाहिर खान/जभगल श्रीनाथ, भारत (४४ विकेट)

    भारतीय खेलाडीद्वय जाहिर खान र जभगल श्रीनाथले विश्वकपमा समान ४४ विकेट लिएका छन्।

    श्रीनाथले १९९२ देखि २००३ सम्म चार विश्वकप खेल्दै ४४ विकेट लिएका थिए। यस क्रममा उनले ३४ खेल खेलेका थिए। श्रीनाथको अन्तिम विश्वकप २००३ मा पहिलो पटक खेलेका जाहिर खानले  तीन विश्वकपमै ४४ विकेट लिए। उनले २००३ देखि २०११ सम्म खेले।

    २००१ मा भारत च्याम्पियन बन्दा जाहिरले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।


    श्रीनाथले विश्वकपमा २७.८१ को औसतमा विकेट लिएका थिए भने जाहिर खानले २०.२२ को औसतमा विकेट लिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार