कञ्चनपुरमा सवारी चालकले बिच सडकमै महिला यात्रुलाई पिटेपछि (भिडियाे सहित )


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १७, २०७६

  • काठमाडौं, जेठ १७ ।  कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक सवारी चालकले महिलामाथि कुटपिट गरेका छन्।

    शुक्रबार स्थानीय ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि दुर्व्यवहार गर्दै कुटपिट गरेका हुन्।

    भाडाको विषयमा विवाद भएपछि धनगढीकी लक्ष्मी धनाडीमाथि अपशब्द प्रयोग गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।

    धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीको भनाई छ।

    कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। उनले अन्य यात्रुबाट समेत बढी भाडा असुलेको बुझिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    भिडियाे:

    प्रतिक्रिया
    सम्बन्धित समाचार