आइसिसि विश्वकप क्रिकेट : पाकिस्तान वेस्टइन्डिजसंग ७ विकेटले पराजित


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १७, २०७६

  • काठमाडौं, जेठ १७ ।  वेस्टइन्डिजले पाकिस्तानलाई सात विकेटले पराजित गरेको छ। आइसिसि क्रिकेट वर्ल्ड कप अन्तरगतको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङमा आएको पाकिस्तानलाई  वेस्टन्डिजका खेलाडीले १०५ रनमा सीमित बनाएका थिए। वेस्टइन्डिजले १३.४ ओभरमा तीन विकेटको क्षतिमा १०८ रन बनाउन सफल भएको हो।

    उसका लागि क्रिस गेले ३४ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ५० रन जोडे। निकोलस पुरनले १९ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए।साइ होपले १७ बलमा १ चौका लिँदै ११ रनको योजदान दिए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

    नाटिन्घमको ट्रेन्ट ब्रिज मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानी खेलाडीलाई वेस्टइन्डिजले २१.४ ओभरमा १०५ रनमा समेटेको थियो। पाकिस्तानका लागि पाखर जमान र बबर अजामले समान २२/२२ रन जोडे भने वहाब राइजले १८ रनको योजदान दिए।

    त्यस्तै, मोहम्मद हफिजले १६ रनको योगदान दिँदा अरू खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। वेस्टइन्डिजका लागि ओहान थोमस २७ रन खर्चिँदै ४ विकेट लिँदा जोसन होल्डर ४२ रन खर्चिएर तीन विकेट लिए। एन्डी रुस्सलले तीन ओभर बलिङ गर्दै ४ रन खर्चिएर २ विकेट लिँदा सेल्डन क्याट्रेलले १८ रन खर्चिएर १ विकेट लिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार