लिभरपुलका प्रशिक्षक जर्गेन क्लपकाे पारिश्रमिक वार्षिक १० मिलियन पाउण्ड पुर्‍याउने तयारी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २०, २०७६

  • काठमाडौं, जेठ २० । लिभरपुलले  युरोपा लिगको उपाधि दिलाएका प्रशिक्षक जर्गेन क्लपसँगकाे सम्झौता लम्बाउने भएको छ ।

    अझै तीन वर्ष वार्षिक ७ मिलियन पाउण्डमा उनको सम्झौता कायमै भए पनि लिभरपुले उनीसँगको सम्झौता पुनरावलोकन गर्दै वार्षीक १० मिलियन पाउण्ड बनाउने तयारी गरेकाे हाे ।

    मड्रिडमा च्याम्पियन्स लिगको फाइनलमा टोटनह्यामलाई २–० ले पराजित गर्दै उपाधि जितेपछि ट्रफी परेडमा प्रशिक्षक क्लप निकै खुशी देखिएका थिए ।

    लिभरपुलका मालिका टम वार्नरले भने ‘जर्गेन क्लप लिभरपुलका लागि एक उत्कृष्ट कोच हुन् । उनले अझै केही समय लिभरपुलमै बसेर टिम र समर्थकहरुलाई खुशी दिलाउने छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार