आलोचित भयो बार्सिलोनाको नयाँ जर्सी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ २१, २०७६

  • काठमाडौं, जेठ २१ । स्पेनिस महारथी क्लब बार्सिलोनाले नयाँ सिजनका लागि नयाँ होम जर्सी सार्वजनिक गरेको छ । घरेलु लिग ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि जर्सी सार्वजनिक गरेको हो । सोमबार बार्सिलोनाले सन् २०१९–२० का लागि ल्याएको हो ।

    बार्सिलोनाले नयाँ जर्सी सार्वजनिक गरेसँगै विश्वभरका समर्थकहरुले आलोचना गरेका छन् । समर्थकहरुले बार्सिलोनाको नयाँ जर्सी क्रोएसियाको राष्ट्रिय टिमको जर्सीबाट प्रेरित भएको भन्दै चर्काे आलोचना गरेका हुन् ।

    सामाजिक सञ्जालमा समर्थकहरूले बार्सिलोनाको जर्सीलाई क्रोएसियाको जर्सीसँग जोडेर मजाक उडाएका छन् । साथै उनीहरुले जर्सी परम्परागत भन्दा फरक भएको भन्दै आलोचना गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार