मोहम्मद शहजादले विश्वकप क्रिकेट गुमाउने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ २४, २०७६

  • काठमाडौं, जेठ २४ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेलिरहेको अफगानिस्तानलाई झड्का लागेको छ । अहिलेसम्म खेलेका दुवै खेलमा पराजय व्यहोरेको अफगानिस्तानका विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान मोहम्मद शहजाद घाइते भएका छन् । घुँडामा लागेको चोटका कारण उनले विश्वकप गुमाउने छन् ।

    वार्मअप म्याचमा घाइते भएका उनी ‘रिटायर्ड हर्ट’ हुँदै पेभेलियन फर्किएका थिए । उनी घाइते भएपछि अफगानिस्तानले इकराम अलीलाई टिममा ल्याएको छ ।

    अफगानिस्तानले सार्वजनिक विश्वकपको आफ्नो तेस्रो खेलमा शनिबार न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । शाहजाद आक्रामक ब्याट्सम्यान रहेकाले उनको कमी अहिले पनि अफगानिस्तानलाई खड्एिको छ । पछिल्ला दुई खेलमा अफगानिस्तानको ब्याटिङ चल्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार