भारतलाई झड्का,शतकधारी धवन चोटग्रस्त, तीन साता मैदान बाहिर


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ २८, २०७६

  • काठमाडौं, जेठ २८ । विश्वकपमा भारतीय टीमलाई ठूलो धक्का लागेको छ ।

    भारतीय टीमका ओपनर शिखर धवन चोटका कारण मैदान बाहिर रहने भएका छन् ।

    उनी भारतका भरपर्दा ओपनर हुन् । भारतलाई उनको अभाव खड्कन सक्ने क्रिकेटपण्डितहरूले बताएका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार चोटका कारण शिखर धवन तीन हप्ता मैदान बाहिर रहनेछन् ।

    ९ जूनमा अस्ट्रेलियाविरुद्ध खेल्दै गर्दा धवनको हातमा चोट लागेको थियो ।

    उनले अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका थिए ।

    अब शिखर धवनको स्थानमा केएल राहुललाई ओपनिङ गराउन सकिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार