मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ २९, २०७६

  • काठमाडौं, जेठ २९ ।    पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अर्जेन्टिनाका लियोनल मेसीले सर्वाधिक पैसा कमाएका छन् । अमेरिकन बिजनेस म्यागजिन फोब्र्सले सार्वजनिक गरेको विश्वको सर्वाधिक कमाउने खेलाडीको सूचीअनुसार मेसी सर्वाधिक कमाउनेको शीर्ष स्थानमा छन् ।

    फुटबल खेलका मेसीले अन्य खेलका खेलाडीहरुलाई पछि पार्दै शीर्ष स्थानमा परेका हुन् ।

    सूची अनुसार शीर्ष तीनमा फुटबल खेलाडीहरु नै रहेका छन् । पहिलो स्थानका मेसीले १२७ मिलियन डलर कमाएका छन् भने दोस्रो स्थानका क्रिस्टियानो रोनाल्डोले १०९ मिलियन तथा तथा तेस्रो स्थानका नेयमार जुनियरले १०५ मिलियन डलर कमाएका छन् ।

    चौथो स्थानमा रहेका बक्सिङ खेलाडी कानेलो अल्भारेजले ९४ मिलियन डलर कमाए । त्यस्तै पाँचौं स्थानमा रहेको टेनिस खेलाडी रोजर फेडेडरले ९३.४ मिलियन, पाँचौं स्थानमा रहेको अमेरिकन फुटबल खेलाडी रुसेल विल्सनले ८९.५ मिलियन डलर, सातौं स्थानमा रहेका अमेरिकन फुटबल खेलाडी आरोन रोजर्सले ८९.३ मिलियन डलर कमाए ।

    आठौं, नवौं तथा दशौं स्थानमा भने बास्केटबलका खेलाडीहरु छन् । लेबरन जेम्सले ८९ मिलियन, स्पेफिन करीले ७९.८ मिलियन तथा केभिन ड्रुरान्टले ६५.४ मिलियन कमाएका छन् ।

     

    खेलाडीहरुले तलब, भत्ता तथा प्रायोजकहरुबाट आम्दानी गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार