काठमाडौं, जेठ २९ । सिजन २०१९–२० को प्रिमियर लिगका खेल तालिका ‘लिक’ भएको छ । लिक भएको खेल तालिकाअनुसार पहिलो खेलमा टोटनहम र प्रोमोट भएको टिम नर्विच सिटीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल टोटेनहमको घरेलु मैदानमा अगष्ट १० मा हुनेछ । खेल स्थानीय समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
त्यस्तै, पहिलो दिनको खेलमा बर्नेमाउथ र सेफिल्ड युनाइटेड, क्रिस्टल प्यालेस र आर्सनल, एभर्टन र न्यूक्यासल, साउथहयाम्पटन र चेल्सी, वाट्फोर्ड र वेष्ट ह्याम तथा बर्नली र लिभरपुलबीच खेल हुनेछ ।