माईतीघरमा उत्रिएका प्रदर्शनकारीको निशानामा कुन् कुन् मन्त्री ?


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ४, २०७६

  • काठमाडौं,  असार ४ ।  सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध आन्दोलनमा उत्रिएका संस्कृतिप्रेमीहरुले सरकारको चर्काे विरोध गरेका छन् । गुठी परम्पराको माध्यमबाट सरकारले परम्परादेखि चलिआएको धर्म संस्कृतिमाथि प्रहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले सरकारको नेतृत्व गरिरहेको र आन्दोलनमा उत्रिएकाहरुलाई भाडाका आन्दोलनकारी भनेका प्रधानमन्त्री विरुद्ध आक्रोश पोखेका छन् । आफूहरु भाडाका प्रदर्शनकारी नभई स्वतस्फूर्त रुपमा संस्कृति जोगाउनको लागि आन्दोलनमा उत्रिएको भन्दै प्रधानमन्त्री विरुद्ध उनीहरुले आक्रोश पोखेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार