विश्वकपबाट बाहिरिए शिखर धवन


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ४, २०७६

  • काठमाडौं, असार ४ ।  चोटका कारण भारतीय क्रिकेट टोलीका महत्वपुर्ण सदस्य शिखर धवनले इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटका बाँकी खेलहरु खेल्न नसक्ने भएका छन्।

    अस्ट्रेलियाविरुद्धको खेलका क्रममा घाइते भएका प्रारम्भिक ब्याट्सम्यान धवनले त्यसयता खेल्न सकेका थिएनन्। लिग चरणका अन्तिम केही खेलपछि उनी टोलीमा फर्कन सक्ने अनुमान गरिएपनि अन्तत भारतीय क्रिकेट नियन्त्रण बोर्ड-बीसिसीआईले धवनलाई टिम बाहिर राख्ने निर्णय लिएको हो।

    बीसिसीआईले धवनको स्थानमा विकेटकिपर समेत रहेका रिसभ पन्तलाई पठाउने निर्णय गरेको छ। धवनको बुढी औँलामा चोट लागेको थियो।आफू घाइते भएको त्यस खेलमा धवनले सतक समेत बनाएका थिए।

    अस्ट्रेलियाका बलर प्याट कुमिन्सको बल लागेर धवन घाइते हुन पुगेका थिए। भारत चार खेलबाट ७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। उसले प्रतियोगितामा एक खेल पनि हारेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार