टुंगियो ‘गलबन्दी विवाद’


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ११, २०७६

  • काठमाडौं,  असार ११ ।  ‘गलबन्दी’ गीतको विवाद टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा भएको छलफलमा ४ बुँदे सहमति भएपछि गलबन्दी विवाद समाधान भएको हो ।

    गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतबीच भएको सहमतिअनुसार अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम राखिनेछ ।

    यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ ।

    यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।

    गायक शम्भु राई र प्रकाश सपुतवीच गीतको लयका विषयमा केही समयदेखि विवाद चलिरहेको थियो ।

    ‘गलबन्दी’ गीत सार्वजनिक भएपछि गायक शम्भु राईले यसको भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी गरेका थिए ।

    सहमतिअनुसार शम्भु राईले कानुनी उपचार खोज्दै प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार