फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

जुलाई ८ सम्म बार्सासँग सहमती नगरे पीएसजी छाड्ने नेमारको धम्की


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ११, २०७६

  • काठमाडौं,  असार ११ ।   ब्राजिलका चर्चित स्ट्राइकर नेमारले आफुलाई क्लबबाट रिलिज गर्न पेरिस सेन्ट जर्मन-पीएसजीलाई जुलाई ८ तारिखसम्मको अल्टिमेटम दिएका छन्।

    आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्कने तयारी गरिरहेका नेमारले उक्त समयभित्र बार्सिलोनासँग सहमती नजुटाए आफुले क्लब छाड्ने चेतावनी दिएका छन्। यसले नेमार जसरी पनि बार्सिलोना जाने मुडमा देखिएका छन्।

    दुई सिजन अघि बार्सिलोनाबाट १९८ मिलियन पाउन्डमा पीएसजी स्थानान्तरण भएका नेमार गत सिजनको समाप्तीपछि पुन बार्सामै फर्कने चर्चा सुरु भएको थियो। स्पेनको चर्चित अखबार मुन्डोमा प्रकासित पछिल्लो समाचारअनुसार नेमारले बार्सिलोनालाई आफ्नो घरका रुपमा उल्लेख गरेका छन्।

    बार्सिलोना फर्कने आफ्नो इच्छा पुरा गरिदिए पीएसजीलाई धेरै सौलियत पनि दिने नेमारको भनाई छ। बार्सिलोनाबाट पीएसजी जाँदा नेमारलाई वार्षिक ३६ मिलियन पाउन्ड पारिश्रमिक दिइएको थियो जुन बार्सिलोनामा रहँदा २२ मिलियन पाउन्ड मात्र थियो।

    अहिले बार्सिलोनामा लियोनल मेस्सीले वार्षिक ४० मिलियन पाउन्ड पारिश्रमिक पाउँछन्। यसको मतलब नेमार बार्सिलोना फर्किएपनि क्लबका सबैभन्दा महँगा खेलाडी मेस्सी नै हुनेछन्। पछिल्लो समय चोटसँग संघर्ष गरिरहेका नेमार यहि कारण घरेलु मैदानमा जारी कोपा अमेरिका फुटबलमा टिमबाहिर छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट