सेनेगललाई हराउँदै अल्जेरिया प्रिक्वाटरफाइनलमा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार १३, २०७६

  • काठमाडौं,  असार १३ ।  सेनेगललाई पराजित गर्दै अल्जेरिया अफ्रिकन कप अफ नेशन्स २०१९ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह सी अन्तर्गत खेलमा सेनेगललाई १-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको अल्जेरिया एक खेल अगावै अन्तिम १६ मा पुगेको हो। सन् १९९० को विजेता अल्जेरियाका लागि मोहमेद युसेफ बेलाइलीले ४९औं मिनेटमा एक मात्र गोल गरे।

    अल्जेरियाले पहिलो खेलमा केन्यालाई २-० ले पराजित गरेको थियो।

    लगातार दुई जितपछि अल्जेरियाको समूह सी मा ६ अंक छ। यस्तै सेनेगल र केन्याको ३-३ अंङ्क छ। पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा तान्जानियालाई ३-२ ले पराजित गरेको हो।

    लगातार दुई खेल हारेको तान्जानिया भने अंकविहिन छ।

    यसअघि नै इजिप्ट र नाइजेरियाले प्रिक्वाटरफाइनलमा स्थान बनाइसकेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार