आईसीसी विश्वकप क्रिकेट : आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदै


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार १७, २०७६

  • काठमाडौं । असार १७ । आईसीसी विश्वकप क्रिकेटमा आज मंगलबार दुई बलिया एसियाली प्रतिद्वन्दी भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम एजबेस्टनमा आमने सामने हुनेछन् । खेल पौने ३ बजे सुरु हुनेछ । भारतले खेलिएका ७ खेलमा मात्र एकमा हार ब्यहोरेको छ ।

    एक खेल बर्षाले रद्व हुदाँ अन्य खेलमा जित निकाल्न सफल भएको छ । भारतले ७ खेलबाट ११ अंक बटुलेको छ । अर्को बंगलादेशले ७ खेलबाट मात्र ७ अंक जोडेको छ । विजय शंकर भारतीय टिमबाट दोस्रो खेलाडीको रुपमा बाहिरिएका छन् । उनको स्थान मयांक अग्रवालले लिने भएका छन् । तर अग्रवाल बंगलादेशविरुद्वको खेलमा मैदानमा देखिने छैनन् ।

    यता बंगलादेशलाई भारतविरुद्वको खेल अगाडी एक सुखद खबर प्राप्त छ । उसका मध्य क्रमका ब्याट्सम्यान अहमुदअल्लाह अब फिट भएका छन् ।

    भारतीय टिममा केदार जाधवले यस बिश्वकपमा खासै गतिलो प्रर्दशन गर्न सकेका छैनन । उनको फिल्डिङमा समेत प्रश्न गरिएको छ । ब्याटिङ पिच भएको अवस्थामा दिनेश कार्तिकलाई टिममा स्थान मिल्ने सक्नेछ । बंगलादेशी टिमका शकिब अल हसनले खासै अभ्यास सत्रमा देखिएका छैनन । तर उनी एकदमै फिट बनेको बताईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार