फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

रासफोर्डले म्यान्चेस्टर युनाइटेड नछोड्ने पक्का


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार १७, २०७६

  • काठमाडौं । असार १७ ।  इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका युवा फरवार्ड मार्कोस रासफोर्डले क्लब नछोड्ने भएका छन् । २१ वर्षीय रासफोर्डले क्लबसँग थप चार वर्षको लागि सम्झौता गरेसँगै उनी कतै नजाने भएका हुन् । सम्झौतासँगै उनी सन् २०२३ सम्मको लागि म्यान्चेस्टर युनाइटेडमै रहनेछन् ।

    सम्झौता नविकरणपश्चात उनले प्रतिसाता २ लाख पाउन्ड कमाउनेछन् ।

    सम्झौता पछि उनले आफू निकै खुसी रहेको बताएका छन् । यसबारेमा उनले भने ‘यो मेरो घर हो, म ७ वर्षदेखि यहीँ छु । म अझै यहाँ बसेर मेरा जीवनका थुप्रै सुनौला वर्षहरु बिताउन चाहन्छु ।’

    युनाइटेड एकेडेमीका उत्पादन उनले सन् २०१५ देखि पहिलो टिममा स्थान बनाएका छन् । जसमा १११ खेल खेल्दै २७ गोल गरिसकेका छन् । उनल इंग्ल्याण्डको राष्ट्रिय टिमबाट पनि ३२ खेल खेल्दै ७ गोल गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट