रोहित शर्मा विश्वकपमा चार शतक बनाउने दोस्रो खेलाडी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार १७, २०७६

  • काठमाडौं । असार १७ ।  इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतका ब्याट्सम्यान रोहित शर्माले चौथो शतक प्रहार गरेका छन्।

    उनले मंगलबार भइरहेको बंगलादेशविरुद्धको खेलमा शतक प्रहार गरेपछि एकै विश्वकपमा चार शतक प्रहार गर्ने दोस्रो तथा भारतको पहिलो खेलाडी बनेका छन्।

    उनले यसअघि दक्षिण अफ्रिका, पाकिस्तान र इंग्ल्याण्डविरुद्ध पनि शतक प्रहार गरेका थिए।

    यसअघि सन् २०१५ को एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाका कुमारा सांगाकाराले चार शतक प्रहार गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार