क्रिकेटर अमबाटी राएडुले लिए सन्यास


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार १८, २०७६

  • काठमाडौं । असार १८ ।  भारतीय क्रिकेटर अम्बाटी राएडुले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

    इंग्ल्याण्ड र वेल्समा भइरहेको विश्वकप क्रिकेटका लागि भारतीय टिममा नपरेपछि राएडुको बारेमा भारतमा ठूलो बहस नै भएको थियो।

    ३३ वर्षीय मिडर अर्डर ब्याट्सम्यानले बुधवार सन्यास घोषणा गरेका हुन्। राएडुले यस बारे बिसीसीआईलाई जानकाररी गराएको बिसीसीआईले पुष्टी गरेको छ।

    राएडुले भारतका लागि ५५ ओडिआई म्याच खेल्दै १ हजार ६९४ रन बनाएका छन्। उनले ओडिआईमा ४७.०५ को एभरेजमा रन बनाएका छन्। ३ शतक र १० अर्धशतक समेत प्रहार रगेका छन्। यस्तै उनले ६ टी २० अन्तर्राष्ट्रिय म्याच पनि खेलेका छन्।

    भारतले विश्वकप खेल्ने टिम घोषणा गर्दा राएडु अन्तिम टोलीमा परेका थिएनन्। तयस विषयले ठूलो चर्चा समेत पाएको थियो। त्यसपछि उनी स्ट्याण्ड बाई प्लेअरको रुपमा रहे। तर भारतका दुई खेलाडी शिखर धवन र विजय शंकर चोटका कारण विश्वकपबाट बाहिरिँदा समेत राएडुले टिममा स्थान पाएनन्। धवनको सट्टा ऋषभ पन्त र शंकरको सट्टा मायांक अग्रवाल टिममा परेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार