फेलिक्सले एन्टोनी ग्रिजम्यानको ७ नम्बरको जर्सी लगाउने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार १९, २०७६

  • काठमाडौं । असार १९ । एट्लेटिको मड्रिडका जोएओ फेलिक्सले एन्टोनी ग्रिजम्यानको ७ नम्बरको जर्सी लगाउने भएका छन् । ग्रिजमानले केही समयअघि एट्लेटिको मड्रिड छाडेका थिए । क्लबमा उनको नम्बरको जर्सी फेलिक्सलाई हस्तान्तरण गरिएको हो ।

    फेलिक्स ११३ मिलियन युरोमा पोर्चुगेली क्लब बेन्फिका छाडेर एट्लेटिको मड्रिडमा आबद्ध भएका हुन् । २०१८–२०१९ को सिजनमा फेलिक्सले सबै प्रतिस्पर्धामा बेन्फिकाका लागि २० गोल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार