कारेन कार्नीले सन्यास लिने पक्का


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार २०, २०७६

  • काठमाडौं । असार २० ।  इङ्ल्यान्ड र चेल्सीकी मिडफिल्डर कारेन कार्नीले स्विडेनसँग महिला विश्वकपको तेस्रो स्थानको खेलपछि क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएकी छन् ।

    इङ्ल्यानले तेस्रो स्थानका लागि स्विडेनसँग प्रतिस्पर्धा गर्दैछ । ३१ वर्षीय कारेन कार्नीले १४ वर्षको उमेरमा सिनियर डिबेटको रुपमा बिमिङ्घममा प्रवेश गरेकी थिइन् । उनी चारपटक इङ्ल्यान्डको लागि विश्वकप र सन् २०१२ को ओलम्पिक खेलेकी थिइन् । सन् २००५ मा पहिलोपटक इङ्ल्यान्डको लागि विश्वकप खेलेकी हुन् । उनले १४३ खेल जितकी छिन् भने ३२  गोल गरेकी छन् ।

    “मैले गर्वका साथ खेलमा धेरै कुराहरु हात पारेँ उनले भनिन्, तर यो सन्यास लिने सहि समय हो,” उनले थपिन् ।

    उनी लामो समयसम्म इङ्ल्यान्डको लागि खेल्ने खेलाडी हुन् । उनले दुई पटक इङ्ल्यान्डलाई सेमिफाइनलमा पुर्‍याएकी छन् । चेल्सीमा उनले पहिलो सिजनमा नै प्लेयर अफ द इयर अवार्ड जितेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार