हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार २४, २०७६

  • काठमाडौं । असार २४ । एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलवार हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि हात पारेको हो ।

    हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर भेट्टायो ।

    नेपालका लागि ओपनर रित गौतमलाई १३ तथा पवन सर्राफले ३९ रनको योगदान गरे ।

    मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन जोडेको थियो ।

    हङकङका लागि आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड भने रौनक कपुरले १२ रन बनाए ।

    बलिङतर्फ सागर ढकाल एक्लैले पाँच विकेट लिए ।

    यससँगै नेपाल यु-१९ एसिया कपमा छनोट भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट