काठमाडौं । असार २४ । ब्राजिलका स्टार खेलाडी नेयमार पीएसजीको प्रि–सिजनको प्रशिक्षणमा सहभागी भएका छ्रैनन् । पीएसजीले नेयमार प्रशिक्षणमा सहभागी नभएमा कारबाही गरिने बताएको छ । पीएसजीले सोमबारबाट प्रि–सिजन प्रशिक्षण सुरुवात गरेको छ ।
२७ वर्षीय ब्राजिलीयन फर्वाड पुरानो क्लब बार्सिलोनामा फर्कन कुरा चलिरहेको बेला नेयमार प्रशिक्षणमा नआउनु थप संकास्पद भएको पनि बुझ्न सकिन्छ । नेयमारले कुनै पनि जानकारी विना नै क्लबको प्रशिक्षणमा सहभागिता नजनाएको क्लबले जनाएको छ ।
“यदि सबैलाई सुहाउँदो अवसर छ भने नेयमारले पीएसजी छाड्न सक्छन्, यदि उनलाई कुनै क्लबले अनुबन्धन गर्न चाहन्छ भने हामीसँग सम्पर्क गर्दा हुन्छ”, पीएसजीका निर्देशक लेनर्डाेले भने ।
सन् २०१७ को अगस्ट १७ मा नेमार बार्सिलोनाबाट पीएसजीमा २२२ मिलियन युुरोमा गएका थिए । नेमारको ट्रान्सफर फुुटबलको इतिहासमा आजसम्मकै सबैभन्दा महंगो ट्रान्सफर हो । ३७ वटा लिग खेलमा ३४ गोल गरेर क्लबलाई लिग वान टाइटल जिताउन सहयोग गरेका थिए ।
बीबीसी ।