एउटै सिजनमा तीन गोल्डेन ग्लोब पाउने पहिलो गोलरक्षक एलिसन


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार २५, २०७६

  • काठमाडौं । असार २५ ।  ब्राजिलका गोलरक्षक एलिसन बेकरका लागि यो सिजन फलिफापपूर्ण भएको छ । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने उनी रोमाबाट यही सिजनमात्र लिभरपुलमा अनुबन्धन भएका थिए ।

    २६ वर्षीय एलिसनले सन् २०१३ मा ब्राजिलको सिनियर टिम इन्टरनेसनलबाट आफ्नो व्यावसायिक फुटबल करियरको सुरुवात गरेका थिए । तीन वर्ष इन्टरनेसनलमा खेलेपछि उनी रोमामा दुई वर्षसम्म रहे ।

    सन् २०१८ को जुलाइ १९ मा ६६.८ मिलियन युुरोमा उनी लिभरपुलमा आएका थिए । उनी आजसम्मकै सबैभन्दा महँगा गोलरक्षक हुन् । तर पछि उनको रेकर्ड चेल्सीका गोलरक्षकले तोडे । अगस्ट १२ मा भएको वेस्ट ह्यामविरुद्ध खेलबाट उनले डेब्यू गरेका हुन् । उको डेब्यू खेलमा नै लिभरपुलले ४–० गोल अन्तरले वेस्टह्यामलाई पराजित गरेको थियो । यसैगरी क्रिस्टल प्यालेस र ब्रिघटनविरुद्धको खेलमा तीनवटा क्लिन सिट जम्मा गरेका थिए । जसकारण उनी युईएफए च्याम्पियन लिग गोलकिपर अफ द सिजनको अवार्डद्धारा सम्मानित भए ।

    लिभरपुलले सिजनको सुुरुवातदेखि नै २० लिग खेलमा एक गोल नखाईकन जितेका थिए । यसैगरी एलिसनले च्याम्पियन लिग ग्रुप स्टेज क्याम्पेनमा लिभरपुलका लागि नक आउट चरणमा नापोलीविरुद्ध १–० ले जित हासिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

    एलिसनले आफ्नो सिजनको अन्त्यमा २१ वटा प्रिमियर लिग क्लिन सिट जम्मा गरेका थिए । जसले गर्दा उनले लिग गोल्डेन ग्लोब अवार्डद्धारा सम्मानित भए । बेकरको महत्वपूर्ण योगदानले लिभरपुलले १२ वर्ष पछि युईएफए च्याम्पियन लिग जित्यो ।

    भर्खरै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगितामा उनले घरेलु टोलीलाई आठौं पटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । प्रतियोगिताका सबै खेलमा गरि पाँचवटा क्लिन सिट जम्मा गरेका उनले  गोल्डेन ग्लोब अवार्ड पाए ।

    यसरी उनले प्रिमियर लिगमा पहिलो सिजन गोल्डे ग्लोब हात पार्न सफल भए । त्यस्तै च्याम्पियन्स लिगमा पनि उनले गोल्डेन ग्लोब पाउँदा कोपा अमेरिकामा पनि जादूमय प्रदर्शन गर्दै गोल्डेन ग्लोब जित्न सफल भए । एलिनसनले २०१८–१९ को पूरै सिजनमा तीन वटा गोल्डेन ग्लोब जित्न सफल भएका छन् । उनी विश्व फुटबल इतिहासमा एउटै सिजन तीन गोल्डेन ग्लोब जित्ने पहिलो गोलरक्षक हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार