भारतलाई न्युजिल्यान्डले दियो २४० रनको लक्ष्य


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार २५, २०७६

  • काठमाडौं । असार २५ ।   इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले २४० रनको चुनौती पाएको छ ।

    न्यूजिल्यान्डले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम चुनौती पछ्याइरहेको हो ।

    मंगलबार न्यूजिल्यान्डले ४६ ओभर १ बल खेल्दा ५ विकेटको क्षतिमा २११ रन बनाएको थियो ।

    त्यसपश्चात् वर्षाले खेल हुन नसकेपछि बुधबार बाँकी ओभरबाट न्यूजिल्यान्डले खेल्न थालेको थियो ।

    न्यूजिल्यान्डका रोस टेलरले ७४ तथा कप्तान केन विलियमसनले ६७ रन बनाए ।

    भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए ।

    जारी विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छ ।

    भारत विश्वकपको दुईपटकको विजेता हो भने न्यूजिल्यान्ड गत संस्करणको फाइनलमा अस्ट्रेलियासित पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट