बार्सिलोनाबाट च्याम्पियन्स लिग जित्नु मेरो उदेश्य होः डी जोङ


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार २६, २०७६

  • काठमाडौं । असार २६ ।  बार्सिलोनाका नयाँ खेलाडी फ्रांकी डी जोङले च्याम्पियन्स लिगको उपाधि जित्ने उदेश्य बार्सिलोना र आफ्नो उदेश्य रहेको बताएका छन् । नेदरल्याण्ड्सको क्लब आयाक्सबाट बार्सिलोनाले अनुबन्ध गरेका डी जोङले बार्सा टिभीसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

    उनले भने ‘बार्सा र म आफू पनि यो वर्ष च्याम्पियन्स लिग जित्न चाहान्छौं । मलाई विश्वास छ यो वर्ष हामी च्याम्पियन्स लिग जित्ने छौं ।’

    डी जोङको टिम आयाक्स गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो । बार्सिलोनालाई पनि लिभरपुलले सोही चरणमा हराएको थियो । यसबारेमा उनले भने ‘प्रतियोगिताबाट बाहिरिनुको पीडा मलाई थाहा छ । उक्त पीडा म दोहोर्याउन चाँहदिन ।’

    ‘मैले बार्सिलोनालाई फलो गर्न थालेको समय भइसक्यो । म ९ वर्षको हुँदा सन् २००६ मा बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यसपछि मैले बार्साको धेरै खेल हेरेको छु । बार्सिलोनाको खेल साँच्चिकै हेर्न लायक हुन्छ । बार्सिलोनाले जहिले पनि आफ्नोपनलाई कायम राख्छ । जुन क्लबको लागि निकै महत्वपूर्ण हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार