११ वर्षपछि राफेल नाडाल र रोजर फेडेरर भिड्दै


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार २६, २०७६

  • काठमाडौं । असार २६ ।  जारी विम्बल्डनमा राफेल नाडल र  रोजर फेडेरर भिड्ने भएका छन् । क्वार्टर फाइनल अन्तर्गतको खेलमा नाडलले अमेरिकाका साम क्वेरीलाई तथा फेडेररले जापानका केई निशिकोरीलाई र हराएपछि यी दुई स्टार खेलाडीहरु फाइनल प्रवेशको लागि भिड्न लागेका हुन् ।

    पछिल्लो पटक विम्बल्डनमा यी दुई खेलाडीबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नाडल विजयी भएका थिए । वर्षाले प्रभावित सो खेल पाँचौं सेटमा लम्बिएको थियो र नाडलले पाँचौं सेटमा ९–७ को जित निकालेका थिए । खेल सात घण्टा चलेको थियो ।

    विम्बल्डनमा यी दुई खेलाडीले १० वटा उपाधि जितेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार