झगडा गरेर क्यानडा पुगेका ग्यारेथ बेलको चीन आउने सम्भावना टर्‍यो


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार २६, २०७६

  • काठमाडौं । असार २६ ।   आफ्नै क्लब रियल मड्रिडसँग रुष्ट वेल्सका खेलाडी ग्यारेथ बेल यति खेर प्रि–सिजन टुरको अभ्यासको क्रममा क्यानडामा छन् । प्रशिक्षक जिनेदिन जिदानले पनि नरुचाएका बेलले झगडा गरेर भए पनि आफ्नो नाम अभ्यासको लागि क्यानडा जाने सूचीमा राखे ।

    जिदानसँग कति समय बोलचान नै नभएको भन्ने समाचारहरु पनि प्रकाशित भइरहेको बेला बेल चीन आउने हल्ला चलेको थियो । तर, प्रि–सिजनको खेलको लागि आफ्नो दर्ता गरिसकेपछि बेल चीन आउने सम्भावना टरेको छ ।

    केही समयअघि बेलले रियल मड्रिडले खेल नखेलाए पनि क्लबमै बस्ने र गल्फ खेलेर तलब बुझ्ने बताएका थिए । उनलाई क्लबले अन्य जान अनुमति दिए पनि उनी भने कतै गएनन् । सोही कारण बेललाई रियलका समर्थकहरुले मन पराउँदैनन् । केही दिनअघि भएको रियल मड्रिडको पहिलो अभ्यास सत्रमा पनि समर्थकहरुले बेललाई गाली गरेका थिए । तर, उनले भने नसुनेको झै गरेर टारिदिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार