ग्रूपर माछाले निलिदियो एउटा सिंगै शार्क (भिडियो)


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, असार २९, २०७६

  • काठमाडौं । असार २९ । खतरनाक ग्रूपर माछाले एकै गाँसमा एउटा शार्कलाई सिंगै निलेको रोमाञ्चकारी भिडियो सार्वजनिक भएको छ ।

    समुद्रको पिँधमा पुगेका जहाजका अवशेष खोज्न गएका अनुसन्धाताहरूले यसको भिडियो खिचेका हुन् । ग्रूपरले यसरी शार्क खाएको दृश्य दुर्लभै देख्न पाइन्छ ।

    ग्रूपरले प्रायः गँगटो र अन्य प्राणीलाई खाने गर्छन् र ढिलो गतिमा हिँड्ने माछा नियमित रूपमा खाने गर्छन् । तर शार्कहरू उसले खाएको खासै खाएको थाहा थिएन ।

    एघारवटा शार्क माछाले एक विशाल सोर्डफिशको लाश खाँदै गर्दा ११३ किलोको ग्रूपर आइपुग्यो ।

    उसले अलि सानो शार्कलाई सिंगै निलिदियो । उसले निलेको घटना क्यामरामा कैद भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार