काठमाडौं । असार २९ । गत शुक्रबार एट्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा बार्सिलोना आएका फ्रेन्च स्टार खेलाडी एन्टोनियो ग्रिजमनले आफू बार्सिलोनाबाट सबै उपाधि जित्न आतुर रहेको बताएका छन् ।
उनले भने ‘म यहाँ आउँदा निकै उत्साहित छु । यसको सुरुवात गर्न आतुर छु । मेसीविरुद्ध खेल्दा निकै रमाइलो अनुभव हुन्थ्यो । अब म हरेक दिन ट्रेनिङमा उनीसँगै हुनेछु । म अहिले विश्वकै महान् क्लबमा छु । म भविष्यका लागि केन्द्रित रहेको छु ।’